काठमाडौं । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले मुलुकमा विकास र स्थिरताको लागि प्रधान सत्रु केपी ओली रहेको बताए ।
‘संविधानले मुलुकमा राजनीतिक स्थिरताका लागि दल विभाजन गर्न ४० प्रतिशत संख्या चाहिने व्यवस्था गर्दा पनि ओली अध्यादेश ल्याएर दल विभाजनका लागि पटक पटक सहज बनाउन खोजेको आरोप नेता पौडेलले लगाए ।
नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ६ ले काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता पौडेलले मुलुकलाई स्थिर राख्न संविधानले संसद विघटन गर्न नपाउने गरी व्यवस्था गर्दा पनि ओलीले संसद विघटन गरेरै छाडे, यसकारण उनी विकास र स्थिरताको प्रधान सत्रु भएको उल्लेख गरेका छन् ।
पार्टीको आन्तरिक किचलो बढ्दै गएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको भन्दै पौडेलले ‘कसैसँग रिस उठेका आधारमा संसद् विघटन गर्न पाइन्छ ?’ भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्नसमेत गरेका छन् ।