सिंहदरबार पुग्न नसक्ने ओली अब कुर्सीमा बस्ने नैतिक अधिकार छैनः काँग्रेस नेतृ भुसाल

520

शिवलाल पौडेल
काठमाडौं, १६ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले नेपाली जनताले चाहेको शान्तिप्रक्रिया र नेपाली जनताले चाहेको संविधान निमार्ण नेपाली काँग्रेसको नेतृत्वमा नै आएको बताईन ।

नेपाली जनताले जनमत दिएर कम्युनिष्टलाई सिंहदरबार पठाए, तर केपी ओलीको सरकारले तानाशाह, सर्वसत्तावाद भएर एकतान्त्रिक रुपले सरकार चलाएको आरोप लगाईन् ।

संविधान नमान्ने, संघियता नमान्ने, संसदिय अभ्यास नमान्ने सरकारको नेतृत्व गरेका केपी ओली तानाशाही भएको बताईन । नेपाली काँग्रेस क्षेत्र नं. ६ ले काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेतृ भुसालले नेपाली जनताले बहुमतको सरकार चलाउँनका लागी सरकारमा पठाएपनि ओली सरकारले नियम, कानुन, शुसासनलाई कुल्चेको बताईन ।

केपी ओली नेतृत्वको सरकार तानाशाह, सर्वसत्तावाद भएर यो मुलुकलाई एकतान्त्रिक रुपले मा श्री ३ र श्री ५ जस्तै देशलाई अदोगतीतर्फ लैजान लागेको बताईन । केपी ओली धनगढी पुग्न सक्ने तर १ वर्ष सम्म सिंहदरबार गएर सरकार चलाउँन क्षमता नभएपनि त्यो कुर्चीमा ओलीलाई बस्ने राजनितिक र नैतिक अधिकार नभएको नेतृ भुसालले बताईन ।

केपी ओलीको सरकारले अंसवैधानिक रुपले विघटन गरेको संसद विघटन काँग्रेसलाई मान्य नभएकाले काँग्रेस आन्दोलनमा आउँनुपरेको बताईन । नेपाली जनतालाई पानिजहाज, रेल, घरघरमा ग्यास चाहिएको छैन, हामीलाई नेपालको संविधान चाहिएको छ, संविधान बचाउँने अहिलेको मुख्य काम हो ।