मुलुकको संविधान र आफ्नै राजनीतिक जीवनसमेत ओलीले धरापमा पारेः पुर्वमन्त्री वर्षमान पुन

225

घनश्याम पौडेल
अर्घाखाँची, १७ माघ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिती सदस्य वर्षमान पुनले आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीले गरेको अलोकतान्त्रिक र प्रतिगामी कदम सच्याउन आफूहरु लाग्न बाध्य बनेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा पचण्ड माधव पक्षले अर्घाखाँचीकोे सन्धिखर्कमा गरेको पत्रकार भेटघाटमा नेता पुनले ‘आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिकरुपमा संसद विघटन गरेर मुलुकको संविधान र आफ्नै राजनीतिक जीवनसमेत धरापमा पारेको पुनले आरोप लगाउँनुभयो ।

‘इतिहासको दिशालाई उल्ट्याउन खोज्दा उहाँको राजनीतिक जीवन नै धरापमा परेको छ ।’ प्रधानमन्त्री ओलीले सैनिक सत्ता वा संकटकाल लगाएर भएपनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको भनाई रहेको छ ।
नेकपा एकता हुदाँ विकास र समृद्धिका कुरा गरेतापनि पार्टी एकातिर र सरकार चलाउँने पद्धती अर्कोतिर भएको पार्टी दुर्घटनामा परेको बताउँनुभयो । पार्टीले सरकार सञ्चालन गर्नमा मिलेमत्तो हुन सकेन, प्रधानमन्त्री आफनै ढंगले हिड्न थालेपछि ७ जना मन्त्रीले राजिनामा दिएर सरकारबाट बाहिरिएको स्पष्ट पार्नुभयो ।

संसद पुनःस्थापना गरेर जनताको ५ वर्ष सम्म मागेको म्यान्डेड पुरा गर्नका लागी नेकपा विचलित नभएको उहाँले बताउँनुभयो । जुन रुपमा जनतासँग मागेको जनमतको कार्यभार पुरा गर्न नसक्दा चिन्तित भएका छौँ, तर संसद पुनः स्थापना गरेर नेपाली जनताको इच्छा विकास र समृद्धिको साकार पुरा गर्ने बताउँनुभयो ।

संसद पुनःस्थापना गरेर संविधान सहि दिशामा आउँने भएकाले पनि सबै नेपाली जनता, राजनितिक दल, नागरिक समाज आन्दोलनमा होमिएको बताउँनुभयो ।

यो पनि पढ्नुहोस ।

राष्ट्रलाई कमजोर बनाएर केपी ओलीले राष्ट्रघाती काम गरेः नेकपा नेता युवराज ज्ञवाली