काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र आफनो सम्बन्ध विगत ४० वर्षदेखी रहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अध्यक्ष माधव नेपालसँग आफ्नो पञ्चायतकालदेखि नै सहकार्य हुँदै आएको बताएका छन् ।
माओवादी जनयुद्धका क्रममा पनि आफूहरुबीच भूमिगत रुपमा देश तथा विदेशमा भेट र छलफल हुने गरेको उनको भनाइ छ । जनयुद्ध पछि शान्तीप्रक्रियामा आउँदा पनि माधव नेपालको भुमिका महत्वपुर्ण रहेको बताएका छन् ।
‘अदालतमा अहिले मुद्दा छ, मलाई विश्वास छ, अदालतले संसद् पुनःस्थापना गर्नेछ । म त्यो विश्वास व्यक्त गर्न चाहन्छु । म अहिले केही आशंका गर्न चाहन्न,’ प्रचण्डले भने, ‘तर सबैभन्दा ठूलो अदालत जनताको अदालत हो, तपाईंहरूको अदालत हो, तपाईंहरूको फैसला हो ।’
‘म आफैंले प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रस्तावित गरेका केपी ओलीले श्री ३ महाराज बन्ने सपना देखेका छन्, राजतन्त्रलाई लात्ती हान्ने नेपालीले ओलीको निरंकुशता स्वीकार्दैनन् । ओलीको निरंकुशता चुट्कीको भरमा अन्त्य हुनेछ,’ प्रचण्डले भने ।