शिवलाल पौडेल
काठमाडौ , माघ १७ । लुम्बिनी तन्दुरी व्यवसायी संघको पाँचौ साधारण सभा तथा अधिवेशन धादिङ्गको नौबिसे एग्रो रिसोर्टमा सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले श्रमजीवी वर्गहरुको यो उत्साहजनक सहभागीतिमा आफू गौरवान्वित भएको बताउँदै संघको उत्तरोत्तर प्रगतिको कामना गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले काम सानो ठुलो नहुने बताउँदै आफू राजनीतिक व्यक्ति भएर पनि कसैलाई रोजगारी दिन नसकेकोले रोजगार उपलब्ध समेत गराउने तन्दुरी व्यवसायीहरुको उच्च प्रशंसा गर्नुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक डिन दिनेशमणि घिमिरे,होटल व्यवसायी महासंघका केन्द्रीय सचिव दिर्घमान गुरुङ,नेपाली काँग्रेस धुनिवेशी नगर सभापति दिपक पाठक, नेपाल तरुण दलका महाधिवेशन प्रतिनिधि कपिल पोख्रेल, हिन्दुखबर डटकमका संवाददाता शिवलाल पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उद्घाटन सत्र अध्यक्ष हरि घिमिरेको अध्यक्ष हरि घिमिरेको अध्यक्षता, उपाध्यक्ष राम प्रसाद पोख्रेलको स्वागत मन्तव्य एवम् सचीव अर्जुन पोख्रेलको सन्चालनमा सम्पन्न भएको थियो ।
बन्द सत्रमा अध्यक्ष हरि घिमिरेले अध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक नवराज पोख्रेलले लेखा प्रतिवेदन, कोषाध्यक्ष रुद्र प्रसाद पोख्रेललले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदन सहभागी तन्दुरी व्यवसायीहरुले सर्वसम्मत पास गरेका थिए ।
निर्वाचन समिति संयोजक शोभाखर पोख्रेलको नेतृत्वमा सदस्यहरु खिमानन्द बस्याल र खगेन्द्रराज पोख्रेलले सोहार्दरुपमा निर्वाचन सम्पन्न गराउनुभएको थियो ।
अधिवेशनले रामप्रसाद पोख्रेलको अध्यक्षतामा सदस्यीय ९ नयाँ कार्यसमिति गठन गरेको छ । जस्को वरिष्ठ उपाध्यक्षमा रुद्र प्रसाद पोख्रेल,उपाध्यक्षद्वय सुरज पोख्रेल, हेमन्त घिमिरे, सचिव नवराज पोख्रेल, कोषाध्यक्ष गिरि प्रसाद पोख्रेल, सदस्यहरु राम प्रसाद पौडेल, नारायण प्रसाद पोख्रेल र विपि हमाल सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनले लेखा समिति संयोजकमा सुदन गैरे, सदस्यहरुमा कुल प्रसाद पोख्रेल र टेकलाल लामिछानेलाई सर्वसम्मत चयन गरेको छ ।