नेकपा अर्घाखाँची प्रचण्ड-नेपाल पक्षको बृहतसभा, अदालतलाई संविधान संशोधन गर्ने अधिकार छैनः नेता ज्ञवाली

287

सुमित्रा पौडेल
अर्घाखाँची, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज युवराज ज्ञवालीले अदालतलाई संविधान संशोधन गर्ने नभएर संविधानको व्याख्या गर्ने मात्रै अधिकार रहेको बताए ।

शनिबार अर्घाखाँची जिल्लाको सन्धिखर्कमा प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ज्ञवालीले ज्ञवालीले अदालत र न्यायाधीसको काम संविधानको व्याख्या गर्ने मात्र भएकोले संशोधन गने अधिकार नभएको जिकिर गरे ।

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य बर्षमान पुनले वर्तमान संविधानमा बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै ज्ञवालीले संविधानमै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेकोले अदालतले संसद पुनस्र्थापित गरिदिने दाबी गरेका छन् ।

पुर्व सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीलाई संविधान विघटन गर्ने कुनै अधिकार नभएको बताईन । उनले प्रधानमन्त्रीको कदम संविधान विरोधी गतिविधी भएको आरोप लगाईन ।

पार्टी केन्द्रिय सदस्य डिलाराम आचार्यले ‘आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिकरुपमा संसद विघटन गरेर मुलुकको संविधान र आफ्नै राजनीतिक जीवनसमेत धरापमा पारेको आरोप लगाए ।

कार्यक्रममा नेकपाका युवानेता ठाकुर गैरे, जिल्ला सहईन्चार्ज शुशिला श्रीपाली, निमानन्द गैरे, पिताम्बर भुसाल लगायतका नेताहरुले मन्तव्य सहितको सम्बोधन गरेको नेकपाका युवानेता प्रेमनारायण गैरेले हिन्दुखबर डटकमलाई बताए ।

कार्यक्रम नेकपा अर्घाखाँचीका सचिव ठाकुर कुमार विकको अध्यक्षता, राजेन्द्र भुसालको सञ्चालन र रामबहादुर चौहानको स्वागतमा सम्पन्न कार्यक्रममा हजारौँ नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।