रोशन भण्डारी
बुटबल, १७ माघ । नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेशको विशेष आयोजनामा गौरक्षार्थ विशेष गोष्ठी विषयमा बृहत कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमलाई लुम्बिनी प्रदेशको आयोजना तथा केन्द्रको सहआयोजनामा सभापति प्रदेश अध्यक्ष शिवराज पोखरेल, प्रमुख अतिथि लोकानन्द स्वामी, विशिष्ट अतिथिमा केन्द्रीय अध्यक्ष खेमराज पौडेल, महासचिव युवराज अर्यालले सञ्चालन गर्नुभएको कार्यक्रमको उपाध्यक्ष सीता अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको उद्घाटन दीप प्रज्वलन गरी स्वस्ती वाचनका साथ कार्यक्रमका प्रमुख अतिथि लोकानन्द स्वामीले गर्नुभएको थियो । उद्घाटन गर्दै स्वामी ज्यूले संस्थाको उत्तरोत्तर प्रगतिको लागि आशिर्वचन व्यक्त गर्नुभयो ।
संस्थाको बारेमा सक्रियता बढाउनका लागि नेपाल स्वयं सेवक संघका केन्द्रिय अध्यक्ष तथा महासचिव ज्युबाट थप निर्देशन भएको थियो । गौ रक्षार्थ विशेष गोष्ठीको सम्बन्धमा गुरुयोजना, परियोजना र गृहकार्य भइरहेको बारे नेपाल स्वयं सेवक संघ प्रशिक्षण विभाग केन्द्रका प्रमुख बिमुन्स पौडेलले प्रष्ट पार्नु भएको थियो।
कार्यक्रममा संस्थाको स्थापना र अग्रसरतालाई निरन्तरता दिने एक मूल मन्त्र समेत श्रद्धेय गुरुबाट प्राप्त भएको छ । नमस्ते पारव्रह्म नमस्ते परमात्मने सर्व हिताय नमस्तुभ्यम् स्वयंसेवकाय नमो नमः यस मूल मन्त्र लाई नेपाल स्वयंसेवक संघका अभियन्ताले आत्मसात गरी अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघ विस्तारको क्रममा रहेको छ । आगामी दिनमा समाजका हरेक क्षेत्रमा आफ्नो गाउँ ठाउँको स्तर उन्नति बिकासका लागि र समाज परिवर्तन गर्न युवा लाई लक्षित गरि अगाडि बढ्ने हो, भने सम्भव नहुने कुरा केही पनि छैन ।
त्यसैले अब नयाँ शाहसको साथमा सामाजिक तथा युवाहरुको नेतृत्वका सामाजिक कार्य अगाडि बढाउनका लागि संस्थाले काम गर्नका साथै आउँदा दिनमा युवाको लागि क्षमता बिकास र समाजसेवाका लागि यस्ता संघको भूमिका उल्लेखनीय रहने छ।
स्वरोजगार निर्माण गरी देशमै रहने वातावरण बनाई पलायन रोक्ने, बढ्दो महङ्गाई, भ्रस्टचार,बलत्कार , देशप्रती हुने घुसपैठ, कालोबजारी जस्ता खबरदारी गर्नु यो संघको मुख्य भुमिका हो । यो कुनै पार्टी जात धर्म र लिङ्ग प्रति सम्मिलित होईन तपाईं हामी नेपाली हौँ नेपालको भलो चाहने भनाई राखिएको थियो ।