काठमाडौं, १८ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारमा आगो लगाइदिने अभिव्यक्ती दिएका छन् । सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति शनिबार राति ९ः३० बजे दिएका हुन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन् ।
महानगरको गाडी सरकारले रोकेकोमा उनको आपत्ति छ । उनले चोर सरकार, भन्दै आक्रोश समेत पोखेका छन् । महानगरपालिकाको काठमाडौंमा काम गर्दा सरकारको साथ नपाएपछिको अभिव्यक्ती रहेको बुझिएको छ ।
संघ सरकारका तर्फबाट शनिबार महानगरको गाडी रोकिएको उनको संकेत छ । तर, त्यसबारेमा विस्तृतमा केही खुलाएका छैनन् ।