घनश्याम पौडेल
अर्घाखाँची, १८ भदौ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा रोमानाथ न्यौपाने आएका छन् । रुपन्देहीको सियारी गाउँपालिकाबाट सरुवा भई आएका न्यौपानलेलाई पाणिनी गाउँपालिकाको कार्यालयले सोमबार हाजिरी गराएको छ ।

स्वागत गर्दै गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले कर्मचारी र जनप्रतिनधीको सुमधुर सम्बन्धबाट नै समृद्ध गाउँपालिका बनाउँन सकिने बताए । जनप्रतिनिधी जनप्रतिनिधीको भुमिकामा रही जनताको पक्षमा काम गर्नुपर्छ, कर्मचारी ऐन नियमको परिधीमा रही काम गर्नुपर्छ, अध्यक्ष न्यौपानेले भने । पाणिनीमा निर्वाचनमा विजयी भएका जनप्रतिनिधीहरुको एउटै लक्ष्य समृद्ध गाउँपालिका बनाउँने रहेको उल्लेख गरे । गाउँपालिकाका उपाध्यक्ष नर्मदा पौडेलले जनतालाई अफ्ठ्यारो नहुने गरी सहज रुपमा सेवा दिनु नै मुल मर्म रहेको बताईन् ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत शेषकान्त घिमिरेले स्वास्थ्य क्षेत्रमा सँगै काम गरेका सहकर्मी न्यौपानेलाई प्रमुख प्रशासकिय अधिकृतको रुपमा पाउँदा खुसी भएको बताउँदै कर्मचारीहरुको सहकार्य गरी काम गरेमा सबैलाई सहज हुने बताए । साथै निमित्त प्रमुख प्रशासकिय अधिकृत घिमिरेले नवआगन्तुक प्रप्रअ न्यौपानेलाई हाजीरी गराउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

स्वागत पछि भनाई राख्दै प्रप्रअ न्यौपानेले कर्मचारीहरुले कानुनको परिधीमा रही जनतालाई सहज हुनेगरी सेवा प्रवाह गर्न कर्मचारीलाई आग्रह गरे । उनले कर्मचारीको भुमिका महत्वपुर्ण हुने बताउँदै गाउँपालिकामा जनप्रतिनिधीहरुले उठाएका जनताका आवाज विनियोजन भएको बजेट मार्फत सम्बोधन गराउँने कार्यमा कर्मचारीहरु लाग्नुपर्ने बताए । उनले गाउँसभाले पास गरेको बजेट तथा कार्यक्रमहरु सबै मिलेर पारदर्शी रुपमा सञ्चालन गर्नमा सबै लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रम गाउँपालिकाका कर्मचारी शोभाखर भुसालले सञ्चालन गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष, गाउँपालिकाका कर्मचारी, पत्रकार, सेवाग्राहीहरुको उपस्थिती रहेको थियो ।