राप्रपाद्धारा रुपन्देही-३ मा पार्टी प्रवेश एवम् प्रदेश स्तरीय भेला सम्पन्न

179

रुपन्देही, १७ माघ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही जिल्ला संघिय निर्वाचन क्षेत्र नम्बर ३(ख) सुद्दोदन गाउँपालिकाको मानपकडिमा रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाको अध्यक्षतामा प्रदेश स्तरीय भेला एवं पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ।

यस सभामा प्रमुख अतिथी पार्टीका वरिष्ठ नेता दिपक बोहरा ज्यु,बिशिस्ट अतिथी पुर्ब गृहमन्त्री तथा पार्टीका सम्पादन समिति सदस्य निरन्जन थापा ज्यु, पार्टीका निबर्तमान लुम्बिनी प्रदेश अध्यक्ष तथा सम्पादन समिति सदस्य प्रदिप कुमार उदय ज्यु, प्रभाबशाली नेता तथा सम्पादन समिती सदस्य ताहिर अलि ज्यु, केन्द्रिय सदस्यहरु नबिन पौडेल, राजेन्द्र पाण्डे, तोयानाथ लम्साल, गंगाराम जैसवाल, युबराज घिमिरे लगायत अन्य केन्द्रिय सदस्य तथा जिल्ला उपाध्यक्ष लगायत पार्टीका विभिन्न भातृ संगठनका पदाधिकारीहरुको उपस्थित रहेको थियोे ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी दीपक बोहोराले आफू मन्त्री हुदा प्रदेश पाचको राजधानी बुटवलमा बनाउने आफ्नो योगदान रहेको थियो तर अहिले यहाका नेताहरुको अकर्मण्यता कारण स्थाइ राजधानी दाङ सरेकोमा आफ्नो मेहनत खेर गएको र सिङ्गो रुपन्देही वासिका लागि दुर्भाग्यपूर्ण निर्णय रहेको बताउनु भएको छ। साथै सरकारले धर्म परिवर्तन कानुनी अपराध भनेपनी लाखौंको संख्यामा भइरहेको धर्मपरिबर्तनका गतिविधिमा अन्धो बनेको र आजसम्म कसैलाइ कारबाही नगरेको आरोप लगाउनु भयो।

राष्ट्रिय प्रजातन्त्र पार्टी देशको एकमात्र मौलिक पार्टी भएकोले आगामी दिनमा एकजुट भएर सबैलाइ राप्रपा मा लाग्न अनुरोध गर्नु भएको छ। उक्त क्षेत्रका जनताले उपस्थित नेताज्यु हरुलाइ फुलमालाले स्वागत गरेका थिए। जनताले भने कि यो क्षेत्रको बिकाशको मुल दीपक बोहोराले फेरेको हुनाले “दीपक अब फर्की आउ,जनताको मुहारमा फेरि खुशी ल्याउ” भन्दै नारा लगाएका थिए।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस तथा नेकपाबाट असन्तुष्ट सयौं युबा तथा महिला राप्रपामा प्रबेश गरेको केन्द्रिय सदस्य नबिन पौडेलले हिन्दुखबर डटकमलाई जानाकारी गराउनु भयो।