कमल गिरी
बुटवल, २३ भदौ । अर्घाखाँची जिल्लाको साविक धतिवाङ गाबिस (पाणिनी गाउँपालिका) बाट रुपन्देहीमा बसोबास गर्ने महिलाहरु बिच तीज मिलन कार्यक्रम गरिएको छ । सास्कृतिक पर्व हरितालिका तिजको अवसर पारेर धातिवाङ–रुपन्देही संपर्क समाजले बुटवलमा तीज मिलन कार्यक्रम गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै धतिवाङ वार्ड —६ का वडा अध्यक्ष कृष्ण पौडेलले बसाईसराईसँग आत्मियता घट्दा चिनजान हराउने शहरी जिवनलाई नया ढंगबाट समाज जोड्न सफल भएको बताए ।

वडा अध्यक्ष पौडेलले धातिवाङ्गको विकासका लागी सम्पर्क समाजसँग सहकार्य गरेर अगाडी बढ्न वडा कार्यालय तयार रहेको बताए । वडामा गतवर्ष तथा योवर्ष सञ्चालन हुने विकास निमार्णका कामहरु मोटरबाटा स्तरोन्नती मर्मत, खानेपानी, शिक्षा, पुर्वाधार विकासको क्षेत्रमा वडामा विकास निमार्णका कामहरु सञ्चालन भएको वडा अध्यक्ष पौडेलले जानकारी गराएका थिए ।

संस्थाका संस्थापक अध्यक्ष तथा विशिष्ट अतिथी थानेश्वर पौडेलले माईका थान मन्दिर परिसरमा तीज गित गाउने र नाँच्ने प्रतिस्पर्धाको स्मरण गर्दै धातिवाङको कला संस्कृति संरक्षणसंगै भेटघाट तथा सद्भाव अभिबृद्धिका लागि पनि तीज मिलन कार्यक्रम गरिएको बताए ।

आपसी भाईचारा र सद्भाव अभिबृद्धि गर्ने उद्देश्यले गठित धातिवाङ–रुपन्देही संपर्क समाज स्थापना गरि सामाजिक कार्यहरुमा अग्रसर हुदै आएको संस्थाका कार्यबाहक अध्यक्ष नमराज पौडेलले बताए । अर्घाखाँचीको कला संस्कृतिको संरक्षण, आपसी सद्भावलाई रुपन्देही र धतिवाङ बिच जोड्ने पुलको काम गर्दै आएको उनले बताए ।

कार्यक्रममा पाणिनी वार्ड ६ बाट निर्वाचित जनप्रतिनिधिहरु वडा अध्यक्ष कृष्णप्रसाद पौडेल, कार्यपालिका सदस्य तारा पौडेल, सदस्यहरु हरिप्रसाद पौडेल, खगेश्वर पौडेल, पुनिकुमारी कामीलाई स्वागत तथा सम्मान गरिएको संस्थाका सचिव गंगा पौडेलले जानकारी दिए ।

आपसी भाईचारा र सद्भाव अभिबृद्धि गर्ने उद्देश्यले गठित धातिवाङ–रुपन्देही संपर्क समाज स्थापना गरिएको हो । धातिवाङ–रुपन्देही सम्पर्क समाजका कार्यबाहक अध्यक्ष नमराज पौडेलको अध्यक्षता, सहसचिव हरिप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.