कमल गिरी
बुटवल,२३ भदौ । महिला हरुको महान पर्व हरितालिका तीजको अवसर पारेर छापाहिले-रूपन्देही संपर्क समाजले शनिबार बुटवलको फुलबारिमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

गुल्मि जिल्लाको मालिका गाउँपालिका वडा नं. ५ छापाहिले बाट रुपन्देहीमा आई स्थायी वा अस्थायी रुपमा बेसोबास गर्दै आएकाहरुको भाईचार तथा सद्भाव अभिबृद्धि गर्ने उद्देश्यले गठित छापाहिले–रुपन्देही संपर्क समाजले गरेको तीज मिलन कार्यक्रममा बोल्ने वक्ताहरुले गुल्मिको कला संस्कृतिको संरक्षण, आपसी सद्भाव र रुपन्देही र छापाहिले लाई जोड्ने पुलको काम गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि छापाहिले वडा नं. ५ का वडा अध्यक्ष रेखाकुमार जिसि छापाहिले बाट रुपन्देहीमा आएर बसेका व्यक्तिहरु बिचमा चिनजान नभएकै कारण सहजता भएको बताए । उनले समस्यामा पर्दा रूपन्देही बस्नेहरूले गाउँ तथा बुटवलमा परेकाे समस्या समाधान गरेकाे स्मरण गर्दै संस्था स्थापनाले आपसमा जान पहिचानका लागि सहज भएको बताए ।

त्यस्तै वक्ताहरु विशिष्ट अतिथि संस्थापक अध्यक्ष इश्वर गिरि (अंकित), निवर्तमान अध्यक्ष प्रकास कार्कि लगायत संस्थापक कृष्ण कार्किले यस सम्पर्क समाजको प्रगतिको लागि सम्पुर्ण सदस्यहरुलाई अफ्नो क्षेत्रबाट कटिबद्ध भएर लाग्न आग्रह गरे । उनले छापाहिले मिलन चौपारि परिसरमा तीज गित गाउने र नाँच्ने प्रतिस्पर्धा अहिले पनि झलझली आएको स्मरण गर्दै छापाहिलेको कला संस्कृति संरक्षणसंगै भेटघाट तथा सद्भाव अभिबृद्धिकालागि पनि तीज मिलन कार्यक्रम गरिएको जानकारी गराए ।

संस्थाका अध्यक्ष केशब भण्डारिको अध्यक्षतामा भएको कार्यक्रममा छापाहिले वार्ड-५ बाट निर्वाचित जनप्रतिनिधि हरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।

सल्लाहकार कृष्ण कार्कि ले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम पुर्ब अध्यक्ष प्रकास कार्कि, रेशम गिरि , अशोक महतरा, अर्जै समाजका बरिष्ठ उपाध्यक्ष रेशमचन्द्र भण्डारी , सचिब ओम प्रसाद अर्याल , सहसचिब रामचन्द्र अर्याल , समाजसेबि देबेन्द्र गिरि लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रम का.बा सचिव सागर कार्किकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको समाजले जनाएको छ ।