अर्घाखाँची, ३० भदौ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्ग साविक वडा नं. ४ जिमिरेमा जन्मीएका पदम न्यौपाने कलाकारिता क्षेत्रमा लागेर गितसंगित हुदैँ टेलिसिरियलमा अभिनय गर्न थालेका छन् । हाम्रै राम्रो देश, कालीको हासै बबाल, परदेशी छोरो लगाएत दर्जनौ गित निकालेका न्यौपाने गितसंगित सँगै टेलिसिरियलमा लागेका छन् ।
आमाको माँया सिरियल स्काई डिजिटल प्रोड्रोक्सन युटुव च्यानल मार्फत साप्ताहिक रुपमा आउँने गर्छ । सिरियल कलाकार मदन खत्री, पदम न्यौपाने लगाएतको प्रस्तुती रहेको छ । करिब ६ वर्षदेखी दोहोरी गित गाउँने गरेका न्यौपानेले दशैको गित ल्याउँने तयारी गरेका छन् ।
संघर्ष गरेर गितसंगित क्षेत्रमा लागेका न्यौपाने मिहिनेत गरेमा सफल हुन सकिने बताउँछन् । धातिवाङ्गका सबै क्षेत्रहरुलाई समेटेर जन्मस्थानको बारेमा एउटा गित निकाल्ने योजना रहेको बताउँछन् । वडाका विषयवस्तु समेटेर निकाल्न थालेको गितले धातिवाङ्गको पहिचान सँगै धातिवाङ्गलाई चिनाउन मद्दत पुग्ने बताउँदैँ वडा कार्यालयको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । वडालाई समृद्ध बनाउँनका लागी हरेक क्षेत्रको विकास अपरिहार्य रहेको बताउँदै गितसंगितको माध्यमबाट धातिवाङ्गलाई नेपालभर चिनाउँनुपर्ने बताए ।