गोपी ज्ञवाली ।
काठमाडौं, ३१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले हाम्रो पहिचान भनेको रैथाने शिप कला र उत्पादन भए बताईन । देशका विभिन्न स्थानमा रहदै आएका हाम्रा परम्परागत एवं रैथाने शिप कला र उत्पादनको संरक्षण गर्न सकिएन भने नेपालीहरुको आफनो पहिचान कायम रहन नसक्ने बताएकी छन् ।
सनिवार रैथाने हाटबजारको अवलोकन पछि आयोजना गरीएको एउटा अन्तक्रिया कार्यक्रम कार्यक्रममा बोल्ने क्रममा राज्यमन्त्री सिर्पालीले उक्त कुरा बताईन । विश्वब्यापिकरणका कारण नेपाली संस्कार संस्कृति एवं नेपाली शिपहरुलाई पश्चिमाकरण हुदै गएको बताउनुहुदै राज्यमन्त्री सिर्पालीले नेपालीहरुले आफनो पहिचान कायम राख्नका लागि भए पनि नेपाली समाजका विभिन्न प्रकारका रैथाने कलासंस्कृति, भाषा, उत्पादन एवं रैथाने शिपकलाहरुको समेत संरक्षण एवं प्रवर्धन गर्नु पर्ने अवश्था सृजना भएको राज्यमन्त्री सिर्पालीले बताईन ।
गत असारको पहिलो सनिवार देखी रैथाने एग्री प्रडक्टस नेपाल र ओरियन्ट क्याफेको संयुक्त आयोजनामा हप्ताको प्रत्येक सनिवार विहानको समयमा काठमाण्डौको दरवारमार्ग स्थित ओरियन्ट क्याफेको परिषरमा रैथाने हाटबजार संचालन हुदै आएको छ । यस रैथाने हाटबजारमा देश भरिका स्थानिय शिप, कला र उत्पादनहरुको प्रवर्धनका लागि साप्ताहिक रैथाने बजार खोलिएको रैथाने एग्री प्रडक्टस नेपालका अध्यक्ष तिलक ढकालले बताए ।
यसै गरी उक्त कार्यक्रममा डा. मान बहादुर विके, पेशल कुमार निरौला र निल कुमार क्षेत्रीले संयुक्त रुपमा लेखनु भएको प्राचिन नेपालमा गणतन्त्रको अभ्यास नामक पुस्तकको समेत विमोचन राज्यमन्त्री सिर्पालीले गरिन् ।