काठमाडौं । हरितालिका तीज पर्व आज भगवान् शिवको पूजा आराधना गरी मनाइँदैछ । पशुपतिनाथ मन्दिरमा बिहानै देखि भक्तजनहरुको घुँइचो लागेको छ ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

आज बिहानैदेखि देशभरका शिवालयमा व्रतालुको भीड छ ।