काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर आन्दोलनरत नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले २८ गतेको काठमाडौंका वृहत शक्ति प्रदर्शनअघि माइतीघरको साताव्यापी धर्ना जारी राखेको छ ।
माईतिघरमा धर्ना बस्ने कार्यक्रम तयसँगै आज आजको धर्ना कार्यक्रममा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समेत धर्नामा सहभागी हुने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।
विभाजित नेकपाले ४ दिनदेखि माइतीघर मण्डलमा धर्ना दिइरहेको छ । धर्नामा नेकपाका केन्द्रीय सदस्यहरु, विघटित प्रतिनिधिसभाका सदस्यहरु सहित राष्ट्रियसभा, प्रदेशसभा र दुवै संविधानसभाका सदस्यहरु सहभागी हुने गरेको नेकपाले जनाएको छ ।