नेपाली काँग्रेस अर्घाखाँचीका पुर्व उपसभापति आचार्यको निधन प्रति पुर्वमन्त्री भुसालद्वारा दुख व्यक्त

184

काठमाडौ । नेपाली काँग्रेस अर्घाखाँचीका पुर्व उपसभापति हरिहर आचार्यको आज निधन भएको छ । नेपाली काँग्रेस अर्घाखाँचीका पुर्वउपसभापति हरिहर आचार्यको निधन भएको छ । काठमाडौं स्थित महाराजगञ्ज टिचिङ अस्पतालमा स्वास्थ्य अवस्था गम्भिर भई भेन्टीलेटरमा उपचार भईरहेको अवस्थामा आचार्यको निधन भएको हो । आचार्यको ६८ वर्षको उमेरमा दुःखत निधन भएको हो । आज दिउँसो १ बजेर २० मिनेटमा उहाँको निधन भएको हो ।

पुर्व उपसभापति आचार्यको पशुपती आर्यघाटमा दाहसंस्कार गर्ने परिवारले जनाएको छ । आचार्यको निधनप्रति नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री रेवतीप्रसाद भुसालले वहाँप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

जनआन्दोलनको समयमा पुर्वी क्षेत्रमा विशेष योग्दान पुर्याउँनुभएका आचार्य छत्रदेव गाउँपालिका वडा नं. ४ का वडासदस्य समेत हुनुहुन्थ्यो । उहाँको निधनप्रति काँग्रेसका विभिन्न नेताले पार्टीलाई अतुलनिय क्षती पुगेको भन्दै श्रद्धान्जली अर्पण गरेका छन् । अस्पतालमा भर्ना हुदाँ कोरोना संक्रमित हुनुभएका आचार्य कोरोना निको भएपश्चात निमोनियाका कारण स्वास्थ्यमा थप समस्या आई मृत्यु भएको हो ।