सुमित्रा पौडेल
अर्घाखाँची, १८ माघ । नेपाली कांग्रेसका भातृ संस्थाहरुको भोली अर्घाखाँचीको सन्धिखर्कमा विरोध प्रदर्शन गर्ने भएका छन् ।
संसद विघटन मार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न काँग्रेस अर्घाखाँचीका भातृसंगठनले आग्रह गरेका छन् ।
नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल राष्ट्रिय मगर संघ, नाई संघ लगाएतका भातृ संगठनलाई आन्दोलनमा उपस्थित रहनाका लागी निर्देशन गरेको काँग्रेस अर्घाखाँचीका सभापति विष्णु मुस्कानले बताउँनुभयो ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितीको निर्देशन अनुसार आउँदो माघ १९ गते गर्ने विरोध सभाको तयारी सम्पन्न गरेको छ । भोली विरोध सभा सहित सदरमुकाम सन्धिखर्क स्थित शान्तीबगैँचामा सभा गर्ने तरुण दलका अध्यक्ष नारायण खड्काले बताउँनुभयो ।