काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड माधव पक्षले विहीबार भोलि आमहड्ताल गर्ने भएको छ ।

पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको बैठकले बुधबार साँझ देशभर मसाल जुलुस र विहीबार आमहड्ताल गर्ने निर्णय गरेको नेकपाले जनाएको छ ।

‘आकस्मिकरूपमा डाकिएको बैठकले संवैधानिक निकायमा सिफारिस भएकाहरूलाई नियुक्त तथा शपथ गरेको विरोधमा आमहड्ताल गर्ने निर्णय गरेको नेकपा पचण्ड माधव पक्षले जनाएको छ

अहिले २ बजे पेरिसडॉडास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर संघर्षका कार्यक्रमको औपचारिक घोषणा हुने नेकपाका एक सदस्यले बताएका छन् ।

यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् ।