संवैधानिक आयोगमा क-कसले लिए शपथ ? (नामावली)

445

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गरेकी छन् ।  नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा सदस्यलाई राष्ट्रपति कार्यालय शीतल निवासमा बुधवार आयोजित एक समारोहबिच पद तथा गोपनीयताको शपथग्रहण गराइएको हो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलको पनि सहभागिता थियो ।

संवैधानिक निकायका प्रमुख आयुक्त र अध्यक्षलाई प्रधानन्यायाधीश राणा र सदस्य तथा आयुक्तलाई सम्बन्धित निकायका प्रमुख आयुक्त तथा अध्यक्षले शपथ  गराएका थिए ।

संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र सदस्यहरुमा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई नियुक्त गरेकी हुन् ।