स्थानिय विपद तथा जलवायु उत्थानशिल सम्बन्धी एकदिने गोष्ठी पाणिनीमा सम्पन्न

375

जिएस पौडेल
अर्घाखाँची, २१ माघ । स्थानिय विपद तथा जलवायु उत्थानशिल योजना तथा पालिका स्तरिय विपद पुर्वतयारी तथा प्रतिकार्य योजना मस्यौदा सम्बन्धी एक दिने कार्यशाला गोष्ठी पाणिनी गाउँपालिकामा सम्पन्न भएको छ ।

सम्पन्न कार्यशाला गोष्ठीका अध्यक्ष तथा पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले विकास निमार्णका कामसँगै विपद हुने भएकाले पुर्वतयारी गर्नुपर्नेमा जोड दिनुपर्ने बताउँनुभयो । तयार हुन लागेको पुस्तकमा समेटिएका विपदका कार्यक्रमलाई ध्यान दिदै पालना गर्नुपर्ने बताउँनुभयो ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले विपदको समयमा सबै एकजुट हुनुपर्ने बताउँदै घटना जतिसुकै बेलामा पनि घटने भएकाले पुर्वतयारी रहनुपर्ने बताउँनुभयो ।

राजनितिक दलको तर्फबाट नेकपाका कमल घिमिरेले ‘विपद आउँनुपुर्व नै पुर्वतयारी गरेर गाउँपालिका अगाडी बढ्नुपर्ने बताउँनुभयो ।

त्यसका लागी गाउँपालिका भित्रका सम्बन्धीत संघसंस्था तमतयार रहेको बताउँनुभयो । रेडक्रस र राजनितिक दलको तर्फबाट हरेक क्षेत्रमा गाउँपालिकालाई सहयोग हुने बताउँनुभयो ।

आरम्भ कन्सलिटङ्ग प्रालिका विजय सिंह ठकुरीले विषयबस्तुमाथि प्रकाश पार्नुभएको थियो । रम्भ कन्सलिटङ्ग प्रालिको सहयोग र पाणिनी गाउँपालिकाको आयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतम, प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरे, वडाअध्यक्षहरु शालिकराम भट्टराई, नेत्रप्रसाद घिमिरे, देवबहादुर केसी, स्थानेश्वर घिमिरे, जिवलाल घिमिरे, शुभबहादुर सारु, गुनाखर अधिकारी, मिनराज आत्रेय तथा कार्यपालिका सदस्य, सुरक्षाकर्मी, सम्बन्धीत शाखाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम पाणिनी गाउँपालिका अधिकृत इन्दिरा भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।