घनश्याम पौडेल
अर्घाखाँची, २१ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीवार भोलि देशव्यापी आम हड्तालको घोषणा गरेको छ । घोषणा गरेसँगै आमहडतालको जिल्ला-जिल्लामा तयारी सुरु भएको छ ।
प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै बन्द गर्नुपरेको नेकपा जिल्ला सचिव ठाकुर कुमार विकले हिन्दुखबर डटकमलाई टेलिफोनमा बताउँनुभयो
ओलीको मनपरी र निरङ्कुशता बढ्दै गएकाले त्यसलाई रोक्न हड्ताल गर्नुपरेको सचिव विकले बताउँनुभयो । यातायात, उद्योग कलकारखाना, शैक्षिक संस्थालगायत सबै क्षेत्र बन्द हुने भएकाले जिल्लाबासीलाई बन्द सफल बनाईदिनका लागी आग्रह गर्नुभएको छ ।