ओली सरकारले संविधानको मर्म विपरित राज्यका संस्थालाई ध्वस्त बनाएको गगन थापाको आरोप

157

शिवलाल पौडेल
काठमाडौं । नेपाली काँग्रेसका युवानेता गगन थापाले संवैधानिक परिषदले गरेको असंवैधानिक नियुक्तिलाई सदर गर्ने आजको प्रयत्न प्रतिगमनकै श्रृङखला भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा बुधबार बेलुका लेख्दै थापाले संविधानको मर्म विपरित राज्यका संस्थालाई ध्वस्त बनाउँदै संविधानलाई नै कुल्चने यस कार्यमा संलग्न हुने र साक्षी बस्नेहरूले जनताको कठघरामा उत्तर दिनुपर्ने बताए ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गरेकी छन् ।

नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा सदस्यलाई राष्ट्रपति कार्यालय शीतल निवासमा बुधवार आयोजित एक समारोहबिच पद तथा गोपनीयताको शपथग्रहण गराएसँगै चर्को आलोचना भएको छ ।