बन्द गर्न सडकमा निस्के प्रचण्ड, जनताकै लागि आन्दोलन गरेको धारणा

299

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव नेपाल पक्षले गरेको बन्दको प्रभाव देशभर परेको छ । नेपाल बन्द सफल पार्न सड्कमा निस्केका विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको हितका लागी नेपाल बन्द गर्नुपरेको बताएका छन् ।

सरकारले संवैधानिक निकायमा गरेको नियुक्ती र प्रधानमन्त्री केपी शर्मा ओलीको जंगलीराज अन्त्य गरी जनताको शासन ल्याउन नेपाल बन्द गर्नुपरेको सडक बन्द गर्न कोटेश्वर निस्केको समयमा बताएका छन् ।

हामीले नेपाल बन्द गर्नु रहर नभई बाध्यता भएको प्रचण्डले बताएका छन् । यो हाम्रो रहर होइन, मण्डलेवाद अन्त्य गर्दै गणतन्त्रको रक्षाका लागि सडकमा आउनुको विकल्प भएन, प्रचण्डले भने । जनताकै लागी आन्दोलन गरिएको प्रचण्डले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाले आज बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।