काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव नेपाल पक्षले गरेको बन्दको प्रभाव देशभर परेको छ । नेकपाले गरेको बन्द सफल पार्न विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बन्द सफल पार्न सडकमा निस्केका छन् ।
प्रचण्ड र नेपालले प्रदर्शनका लागि कोटेश्वरमा भेला भएका कार्यकर्तालाई बन्द सफल पार्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाल बन्द सफल पार्न सड्कमा निस्केका विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको हितका लागी नेपाल बन्द गर्नुपरेको बताएका छन् ।
सरकारको गैरजिम्मेवारी पन, संवैधानिक नियुक्तीमा गैरसंवैधाानिक नियुक्ती भएको र प्रधानमन्त्री ओलीले गैरजिम्मेवारी पन अन्त्य गर्न नेपाल बन्द गर्नुपरेको नेकपाका अर्का अध्यक्ष माधव नेपालले बताए ।