बन्द पुर्ण रुपमा सफल भयो, नेकपा प्रचण्ड-माधव पक्ष अर्घाखाँची

373

सुमित्रा पौडेल
अर्घाखाँची, २२ माघ । आज नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव पक्षले गरेको आमहड्ताल सफल भएको जनाएको छ ।

प्रचण्ड नेपाल समूहले आज गरेको आमहड्ताल तथा बन्द पुर्ण रुपमा सफल रहेको नेकपा जिल्ला सचिव ठाकुरकुमार विकले बताउँनुभयो । बन्दका कारण अर्घाखाँचीमा पनि प्रभाव परेको हो ।

केपी ओलीले संविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै बन्द गरिएको नेकपा अर्घाखाँचीका नेता रामबहादुर चौहानले बताउँनुभयो । नेपाल बन्दका कारण अर्घाखाँचीको जनजीवन प्रभावित भएको हो । विहानै देखि सञ्चालन हुने सन्धिखर्क बजार तथा ग्रामिण भेगका पसलहरु पुर्ण रुपमा बन्द भएको नेकपाले जनाएको छ ।

सदरमुकाम तथा बुटबल, काठमाडौं छुटने लामो दुरीका गााडीहरु पनि छुटेनन् । ग्रामिण भेगबाट बुटबल, सन्धिखर्क जाने गाडीहरु पनि सञ्चालन भएनन् ।

सधै भिडभाड हुने सन्धिखर्कको मुख्य चोक शान्ती वगैचा पनी आज बन्दको कारणले सुनसान भएको थियो । केन्द्रको निर्देशनअनुसार जिल्लामा कार्यक्रम हुने र आजको बन्द बेलुका ५ बजेबाट खुलेसँगै अर्को निर्देशन नआउँदासम्म स्थगित भएको नेकपाले जनाएको छ ।

जिल्लामा बन्दको प्रभाव परेको जिल्लाप्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । बन्दका कारण अर्घाखाँचीमा कुनै अप्रिय घटना नघटेको र बन्द शान्तीपुर्णरुपमा भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले हिन्दुखबर डटकमलाई बताउँनुभयो ।