ओलीको व्यंग्य- गाडीमा सयर गरेर जनताको दुःखको तमासा हेर्ने ?

121
File photo

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गाडीमा सयर गर्दै आमहडतालको निरीक्षण गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यंग्य गरेका छन् ।

आफ्नो समूहनिकट किसान महासंघको राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डले गाडीमा सयर भएर जनताले खेपेको सास्तीको तमासा हेरेको भन्दै व्यंग्य गरेका हुन् ।

‘अरूका गाडी जलाउनुभो, आफू गाडीमा सयर भएर जनताले कति दुःख पाएका छन् हँ भनेर गाडीबाटै तमासा हेर्नुभो । अर्कोले गाडी चढ्न अलिक भएन, आफैँले बन्द गरेको बाइकसम्म त हुन्छ भनेर बाइक लिएर जनताले कति दुःख पाए भनेर रमिता हेर्दै हिँड्नुभो ।’

लोकतन्त्र भनेको कानुनको राज हो, बलमिच्याइँको होइन । प्रचण्डलाई म सम्झाउन चाहन्छु, ती दिन गए जतिवेला तपाईं कानुन मान्दिनँ, संविधान मान्दिनँ भन्दै उपद्रो मच्चाउन हिँड्नुभएको थियो, त्यो जमाना गयो,’ ओलीले भने ।