७० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य हामीसँगः अध्यक्ष प्रचण्ड

183

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड र माधव नेपाल समूहका अध्यक्ष प्रचण्डले ७० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य आफुहरुसँग रहेको दाबी गरेका छन् । प्रचण्डले भन्छन् जनपक्षीय पार्टीको विकासका लागि विचार, नीति र कार्यदिशामा नै सही हुनुपर्छ ।

ललितपुरमा भएको कार्यकर्ता भेलामा प्रचण्डले भने, “एउटा पार्टी राम्रो हुँदै जान्छ वा नराम्रो हुँदै जान्छ । विकास गर्दै जान्छ वा ओरालो लाग्दै जान्छ भन्ने कुरा त्यो पार्टीले लिने विचार, राजनीतिक नीति र कार्यदिशामाथि भर पर्छ ।”

पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले पार्टी एकताको केही समयपछि नै केही नेतामा व्यक्तिवाद देखिएको बताउँदै उनले पार्टी एकता भएदेखि नै सहमति र समझदारी कायम गराउन नचाहेको र व्यक्तिवाद लाद्न खोजिएकाले समस्या भएको बताएका छन् ।