FIle photo

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् ।

आफ्नो समूहले शुक्रबार नारायणहिटी दरबार संग्रहालय अगाडि गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘राजतन्त्र फर्किएको घोषणा गर्छ रे’ भनेर हल्ला चलाइएको बताए । उनले चुनाव हुदैँन भनेर आशंका नर्गन आग्रह गर्दै निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गरे ।

ओलीले काठमाडौंमा इतिहासकै सबैभन्दा ठूलो जनसभा भएको जिकिर पनि गरे । नेकपा प्रचण्ड–माधव समूहको आन्दोलनतर्फ व्यङ्‍ग्य गर्दै ओलीले भने, ‘काठमाडौंमा आमसभा गर्न ठाँउ भएन । अरुलाई जहाँ छाने पनि ठूलो हुन्छ ।