सूर्य चिह्नमा केपी ओलीको नैतिक अधिकार छैन, बहुमत हामीसँग भएकाले चिन्ह हाम्रो हुन्छः योगेश भट्टराई

304

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री योगेश भट्टराईले सुर्य चिन्हमा नेकपा ओली पक्षले दाबी गर्ने कुनै अधिकार नभएको बताएका छन् । सूर्य हाम्रो पक्षको हो, चिह्नको सन्दर्भमा प्रधानमन्त्री केपी ओलीले दाबी गर्न कुनै नैतिक अधिकार नभएको जिकिर गरेका छन् ।

धादिङमा भएको विरोध सभालाई सम्बोधन गर्दै भट्टराईले सत्ताको दुरुपयोग गरेको आरोप लगाए । निर्वाचन आयोग र अदालतमा सत्ता र शक्तिको पहुँच देखाएपनि सत्यको पक्षमा निर्णय हुने विश्वस्त व्यक्त गरे ।

‘केन्द्रीय कमिटीमा चार सय ११ जना छन्,’ उनले भने, ‘तीन सयजना भनेको कति हो रु तपाईंले सामान्य हिसाब गर्न जान्नुभएको छ भने हिसाब निकाल्नुहोला । त्यो दुईतिहाइ बहुमतभन्दा पनि बढी हो ।

हामीसँग बहुमत भएकै कारण केपी ओलीले सुर्य चिन्हमा आखाँ नलगाउँन आग्रह गरेका छन् । केपी शर्मा ओलीले सूर्य चिह्नमा आँखा लगाउने कुनै पनि अधिकार छैन ।

शुक्रबार ओली समूहले नारायणहिटीअगाडि गरेको जनसभालाई इंगित गर्दै भट्टराईले भने, ‘राजा जसरी नै केपी शर्मा ओलीको इतिहास पनि नारायणहिटीबाटै सकिने भयो । अन्त्यका लागि नै ओली नारायणहिटी पुगको आरोप भट्टराईले लगाएका छन् ।