सुमित्रा पौडेल
अर्घाखाँची, २४ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितीको निर्देशन बमोजिम काँग्रेसले अर्घाखाँचीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । काँग्रेसका शुभेच्छुक संस्थाहरु नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक संघ, नेपाल प्रेस युनियन लगायतका शुभेच्छुक संस्थाहरूकोे विरोध सभामा सहभागिता रहेका थियो ।
विरोध र्याली पछि कोण सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले अर्घाखाँची जिल्ला काँग्रेसको किल्ला हुने जिकिर गर्नुभयो । सभापति मुस्कानले अर्घाखाँची जिल्लालाई काँग्रेसको किल्ला बनाएर चारतारे झण्डा फहराउँने उद्धघोष गर्नुभयो । नेपाली जनताले दिएको दुई तिहाइ मत प्राप्त गरेको ओली सरकारले जनभावनाअनुसार काम गर्न नसकेको आरोप लगाउँनुभयो ।
विरोध सभामा पुर्व सभापति कमल प्रसाद भुसाल, लोकतान्त्रिक गैरसरकारी महासंघका केन्द्रीय सदस्य बाबुराम पौडेल, शिक्षक संघका अध्यक्ष यादव प्रसाद घिमिरे, ट्रेड युनियन कांग्रेसका प्रदेश सचिव नन्दराम भट्टराई लगायतले सम्बोधन गर्नुभएको थियो । विरोध सभा कार्यक्रमको सञ्चालक शिक्षक संघका सचिव लालमणि पौडेलको गर्नुभएको थियो ।