३२ औँ जन्मदिनको अवसरमा पाैडेलले भने – ‘जीवन आफ्ना लागि मात्र होइन देश र अरुका लागि पनि हो’

139

काठमाडौ ।

नेपाल स्वयंसेवक संघका केन्द्रीय संस्थापक अध्यक्ष ज्योतिषी खेमराज पौडेलले जन्मोत्सवको अवसरमा संस्थालाई (रू. १ दान महादान) दिने वचन गर्नुभएको छ। जीवन आफना लागि मात्र होइन अरुका लागि पनि हो देशको समृद्धि र राष्ट्रियताकाे खाचाे छ नेपालीमा मैले देशलाई के दिन सक्छु प्रयासरत छु जन्म र मृत्यु आफ्नो हातमा होइन भगवानको हातमा हुन्छ। यस धर्तीमा पाइला टेकाउनु भएकोमा पूजनीय मेरा बुबा आमा प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहान्छु। तपाईहरुको सम्पूर्ण अाशिर्वादले केही परिवर्तन गर्न सक्छु कि भन्नेमा आशा र भरोसा लिएको छु।

अर्घाखाँचीको माैअाबारीमा अामा किमकला पाैडेल र बुवा चाेपलाल पाैडेलकाे काेखबाट वि.सं. २०४५/१०/२४ मा जन्मेका दाेस्राे सन्तान हुन । दिदी तुलसा र बहिनी पुष्पा साथै बिबाहित शारदा श्रीमती र छाेरी साख्या पाैडेल छन। अभियन्ता पाैडेलले जन्मदिनको अवसरमा सामाजिक संजाल फेसबुकमा जीवन आफ्ना लागि मात्र होइन देश र अरुका लागि पनि हो भन्दै लेखेका छन् |