मालारानीको बाँगिमा नेकपा ओली समुहको प्रशिक्षण सम्पन्न

243
File photo

गणेश खनाल
अर्घाखाँची, २४ माघ । जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीमा ओली पक्ष नेपाल कम्युनिस्ट पार्टी नेकपाको वार्ड स्तरिय कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

शनिबार ओली निकट नेपाल कम्युनिस्ट पार्टी नेकपाको वार्ड स्तरिय कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय सदस्य चन्द्र बहादुर खड्काले वैशाखमा हुने संसदको निर्वाचन रोक्न सक्ने तागत कसैमा नभएको बताउनुभएको छ ।

May be an image of one or more people, outdoors and text that says 'z REDMI NOTE 9 AI QUAD CAMERA'

उहाँले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी नेकपामा देशभर देखिएको भारी जनमत बाट प्रचण्ड , नेपाल समूह अत्तालिएर संसदक‍ो पुनस्थापना भन्दै र‍ोईकराई गरेको आरोप लगाउनु भयो । संबैधानिक, व्यवहारीक र अन्तर्राष्ट्रिय हिसाबले पनि प्रतिनिधिसभाको पुनस्र्थापना हुन नसक्ने भन्दै प्रतिनिधिसाभा पुनःस्थापनाको दिवासप्ना नदेख्न आग्रह गर्नुभयो ।

May be an image of one or more people, people standing, outdoors and text that says 'REDMI NOTE 9 AI QUAD CAMERA'

प्रचण्ड ,माधव समुहले एकताको मर्म बिपरित पार्टी भित्र चरम गुटबन्दी गरि पार्टी बिभाजनको अबस्थामा पुर्याएको आरोप लगाउँदै ,उहाँले पार्टी एकता बिरोधि लाई कार्यकर्ता र जनताले ठाउँका ठाउँ बहिष्कार गर्ने बताउनुभयो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि नै पार्टी भित्रै बाट सरकारलाई घेराबन्दीमा पारी काम गर्न नदिएको भन्दै उहाँले विभिन्न कठिनाई र अबरोधका बीच सरकारले जनमुखी र ऐतिहासिक काम गरेको दावी गर्नु भयो ।

May be an image of 1 person, standing, crowd and outdoors

आफुहरुले पार्टी बिभाजन रोक्न भरमग्दुर प्रयास गरेपनि प्रचण्ड, नेपाल समुहको चरम पदलोलुपत, बैचारिक बिचलन र अधैर्यताका कारण पार्टी बिभाजन भएको उहाँको गुनासो थियो ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष चेतनारायण आचार्यले नेपाली कम्युनिस्ट आन्दोनलको मुलप्रवाह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा भएको भन्दै सुर्य चुनाव चिन्ह अरु कसैको हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले प्रचण्ड , माधव समुहले पार्टी फुटाएर गम्भीर गल्ती गरेको गुनासो गर्नुभयो ।

केन्द्रीय सदस्य नरेन्द्र क्षेत्रिलेले राष्ट्र, राष्ट्रियता, पार्टी र जनता लाई प्रचण्ड ,माधव समुह गम्भीर धोका दिएको बताउनुभयो । मुलुकमा बिकास र समृद्धि भएको देख्न नचाहने हरुले बैदेशिक शक्ति केन्द्रको ईसारामा प्रधानमन्त्री र सरकार बिरुद्ध षड्यन्त्र गरेको उहाँको आरोप थियो ।

वाडनम्वर ५ का इन्चार्ज मुनाल खड्काको अध्यक्षता, वाड कमिटी सदस्य कर्ण बहादुर विसिको स्वागत मन्तव्य र गणेश खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा जिल्ला कार्यलय सदस्य पिताम्वर भुसाल,जेष्ठ नागरिक मञ्चका अध्यक्ष खिमानन्द पन्थी,प्रदेश सल्लाहकार देवबहादुर खड्का लगाएले मन्तव्य राख्नुभएको थियो ।