छत्रदेवमा हिन्दुत्वको गाउँपालिका स्तरिय भेला सम्पन्न, अध्यक्षमा पौडेल चयन

616

हिन्दुखबर संवाददाता
अर्घाखाँची । धर्म संस्कृतिको रक्षा, राष्ट्रको सुरक्षा भन्ने मुल नाराका साथ हिन्दूधर्म रक्षा परिषद् नेपालले हिन्दु जागरण युवा स्वंयमसेवक छत्रदेव गाउँपालिका स्तरीय भेला सम्पन्न गरेको छ।

हिन्दुधर्म रक्षा परिषद नेपालका केन्द्रिय अध्यक्ष नारायण प्रसाद खनालले हिन्दुधर्मको रक्षामा सबै नेपाली नागरिक लागेको बताउँनुभयो । उहाँले आफनो धर्म संस्कृति भुल्न नहुने बताउँनभुएको छ । आज सम्पन्न भएको भेलामा छत्रदेवका  सबै वडाका सयौं हिन्दुत्वप्रेमीहरुको उपस्थिति रहेको थियो ।

छत्रदेव गाउँपालिकाका सबै वडा बाट उपस्थित भएको भेलाले नविन पौडेलको अध्यक्षताम २५ सदस्यीय छत्रदेव गाउँपालिकास्तरिय युवा स्वंमसेबकको गठन गरेको छ । जसको प्रथम उपाध्यक्षमा घनश्याम भुसाल, द्धितिय उपाध्यक्षमा दामोेदर पाण्डे, सचीवमा राजन श्रेष्ठ, सहसचीवमा प्रेमबहादुर पौडेल, कोषाध्यक्षमा रणबहादुर आचार्य भयन भएको हिन्दुधर्म रक्षा परिषद्का केन्द्रीय कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताउँनुभयो । कार्यक्रममा वडा अध्यक्ष अशोककुमार श्रेष्ठले हिन्दुधर्मको रक्षा गर्नका लागी सबै सक्रिय भएको बताउँनुभयो ।

कार्यक्रम हिन्दु जागरण युवा स्वयंमसेवकका जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षता, जिल्ला उपाध्यक्ष आतिश किरण बिकको सञ्चालन र सचीव बाबुराम खत्रीको स्वागतमा सम्पन्न भएको हो ।