कमल ज्ञवाली
शितगंगा, २४ माघ । नेपाली काँग्रेस शितगंगा नगरपालिका वडा नं. ६ को ठुलाढङुग्रेमा नेपाली काँग्रेसको टोल समितीको गठन भएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सचिव छविलाल पौडेलले काँग्रेसको संगठन निमार्णमा सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

उहाँले देशले काँग्रेस खोजेको बताउँदै काँग्रेसको किल्ला अर्घाखाँची हुने बताउँनुभयो । कार्यक्रम वडा नं. ६ का पार्टी सभापति टामलाल ज्ञवालीको सभापतित्व, विशष्टि अतिथी नगरसभापति मोति बेल्वासे, महिला विभाग जिल्ला सदस्य मिना पौडेल, नगरउपसभापति चन्द्रमणि बेल्वासे लगाएतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम ओमबहादुर भाटको सञ्चालन, हस्तबहादुर लामछिानेको स्वागतमा सम्पन्न कार्यक्रममा सयौँ कांग्रेसका क्रियाशिल सदस्य तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । भेलाले टोलकमिटीको संयोजकत्वमा कर्णबहादुर रानालाई चयन गरेको छ । जसको उपसंयोजकमा विरेन्द्र रजाली, सदस्यहरुमा हरिकला लामिछाने सहित ११ जनाको समिती गठन गरेको छ ।