सरकार ! बलात्कारि र हत्यारालाई संरक्षण होइन कार्बाही गर : नेबिसंघ

140

काठमाडौ ।

बैतडी जिल्ला दोगडा केदार गाउँपालिका वडा न.७ चडेपानीका कक्षा १२ मा अध्ययनरत १७ बर्षीय बिद्यार्थी भागरथी भट्टको अमानवीय र नृसंष किसिमले हत्या भएको दु:खद घटनाको नेपाल विद्यार्थी संघले घोर निन्दा र भर्त्सना गरेको छ।
संघका अध्यक्ष राजिव ढुंगानाले प्रेस विज्ञपति जारी गर्दै उक्त घटनाको भत्सर्ना गरेका हुन् ।

नेपाल विद्यार्थी संघका अध्यक्ष राजिब ढुङ्गाना द्वारा हस्ताक्षरित बिज्ञाप्तिमा घटनाको निष्पक्ष ढंगले यथासिघ्र अनुसन्धान र छानबिन गरि भगिरथी भट्टको हत्याराहरु लाई तत्काल हदै सम्मको कार्वाहीको माग गरिएको ने.बि.संघका महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

विद्यार्थीहरु को सुरक्षाको विशेष ब्यवस्था गर्न तथा बिगतका घटना झै बलत्कारी र हत्यारा हरुको संरक्षण गर्ने कार्य बन्द गर्न महामन्त्री तिमल्सिनाले सरकार लाई कडा चेतावनी दिएका छन ।