सहमति ताेडेर प्रचण्ड माधव पार्टी छाडेर सड्कमा गए : आचार्य

274

गणेश खनाल
सन्धिखर्क, २५ माघ । नेकपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आर्चायले प्रचण्ड र माधव नेपालले सहमति तोडेर पार्टी छाडेर सड्कमा गएको आरोप लगाउँनुभएको छ ।

दुई अध्यक्ष विच सहमति गरि जनताको पक्षमा काम गर्ने पार्टी एकताको मर्म भएपनि प्रचण्ड,माधवले प्रधानमन्त्री वलिलाई असफल बनाउन गुटबन्दी गरि प्रधानमन्त्रीलाई घेराबन्दी गरि काम नै गर्न नदिएको बताउनुभयो ।

छत्रदेव गाउँपालिका विभिन्न वाडका अगुवा कार्यकतालाई सम्बोधन गदै नेता आर्चायले जिल्लाका माननियहरूलाई अर्घाखाँचीवासिले विगतका छलफलमा मुख्य नेतृत्व विभाजन नहुन गरेको आग्रहलाई मानेको बताउदै अब सबै अगुवा नेताहरू पनि एकजुट भई जिल्लाको विकासमा लाग्नु पर्ने बताउनुभयो ।

जिल्लामा केही ५ प्रतिशत अवसरवादी व्यत्तिहरूका कारण सत प्रतिशत एकता भएको सन्देश दिन नसकिएको बताउदै ती अवसरवादीहरूलाई गाउँमा प्रवेश नदिन आग्रह गर्नुभयो ।

नेता आर्चायले उल्लेखनीय विकास गरेको चर्चा गर्दै अधुरा विकास निर्माण २ वर्षमा पूरा गर्ने बाचा गर्नुभयो ।

कार्यक्रम छत्रदेव गाउँपालिका वडा नम्वर २ का अध्यक्ष सलिम मियाको अध्यक्षता, हसिरदिन मियाको सञ्चालन र वडा सचिव बरकत मियाको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सचिव विधान रायमाझी, जिल्ला कार्यलय सदस्य पिताम्वर भुसाल लगाएले मन्तव्य राख्दै अर्घाखाँचीमा पार्टीलाई एकढिक्का राख्दै कम्युनिस्टको किल्ला बनाउने बताउनुभयो ।