शोभाखर पन्थी
अर्घाखाँची, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले संसद पुनस्थापनाको सपना नदेख्न आग्रह गर्नुभएको छ ।
उहाँले मरेको मान्छे बिउँझन्छ भन्नु र संसदको पुनस्र्थापना हुन्छ भन्नू एउटै भएको भन्दै संसद पुस्थापना अब केवल दिवासप्ना मात्र भएको बताउनु भयो । नेपाल कम्युनिस्ट पार्टी नेकपा भुमिकास्थान नगर कमिटी वडा नं. १ र २ द्वारा ढाकावाङमा आयोजित बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले सरकारले तोकेको समयमै निर्वाचन हुनेमा आफु बिस्वस्त रहेको बताउनु भयो ।
प्रचण्ड ,माधव समुहले एकताको मर्म बिपरित पार्टी भित्र चरम गुटबन्दी गरि पार्टी बिभाजन गरेको आरोप लगाउँदै नेता खड्काले पार्टी एकता बिरोधि लाई कार्यकर्ता र जनताले बहिष्कार गर्ने बताउनुभयो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि नै पार्टी भित्रै बाट सरकारलाई घेराबन्दीमा पारी काम गर्न नदिएको भन्दै उहाँले विभिन्न कठिनाई र अबरोधका बीच सरकारले जनमुखी र ऐतिहासिक काम गरेको दावी समेत गर्नु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य नरेन्द्र कुमार क्षेत्रीले प्रचण्ड र माधव समुहले बाह्य शक्तिको ईसारामा पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लाई दुबै पद बाट हटाई मुलुकलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाउनु भयो ।
उहाँले माधव,प्रचण्डको पदलोलुप चरित्र र निहित स्वार्थ मुलुकको बिकास र समृद्धिको निम्ति बाधक रेहेको भन्दै बिभाजनकारी हरुलाई कार्यकर्ता र जनताले समय आउँदा जवाफ दिने बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थानीय नेता ज्ञानबहादुर पुनको अध्यक्षता, रामबहादुर क्षेत्रीको संचालन र पुनाराम भुसालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नगरकमिटीका ईन्चार्ज खगेश्वर पन्थी, अध्यक्ष राजेन्द्र आचार्य, सचिव मणि पौडेल, भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा, नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सल्लाहकारमा चिरञ्जीवी खनाल लगायतका वक्ताहरुले मन्तव्य राख्दै नेपाली कम्युनिस्ट आन्दोलनको मुल प्रवाह केपी शर्मा ओली नेतृत्वको नेकपा भएको भन्दै विचल्लित नभई एकताबद्ध भएर एकीकृत र सुदृढ पार्टी निर्माणमा जुट्न आग्रह गर्नुभयो ।