प्रेमिप्रेमिका, गुलाफको फुल र भ्यालेन्टाईन डे !

205

काठमाडौं । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईन्छ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चार्डकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको पाईन्छ ।

प्रणय दिवस आजबाट सुरु भएको छ । आज रोस डे मनाएका छन् । प्रेमको प्रतिक गुलाफको फुल प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर मनाएका छन् ।
मन परेको व्यक्तिलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आई लभ यू’ भन्न यही गुलावको फुल चाहिन्छ ।

युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका हुन्छन् । आजबाट सुरु भएको भ्यालेन्टाईन डे फेब्रुअरी १४ सम्म मनाईन्छ ।

भ्यालेन्टाइन डेको रौनक बढेपछि नजिकै भए भेटेर रातो गुलाव तथा मनपर्ने उपहार दिएर प्रेमलाई थप गाढा बनाउने प्रयास गरिन्छ भने टाढा भए नयाँ प्रविधिको सहारा लिएर भ्यालेन्टाइन डे मनाउने चलन नेपालमा पनि आएको छ ।