घनश्याम पौडेल
अर्घाखाँची, २५ माघ । वारी पारीबाट हेर्दा फुल फुलेर प्यालपुर भएजस्तै देखिने मनोरम वातावरणको दृश्य । यो फुल फुलेको होईन पुस, माघमा सुन्तला पाकेर प्यालपुर भएको दृश्य हो । जाडोको समय भएपनी खाउँ खाउँ हुने मिठो रस सहितको सुन्तला यो ठाउँमा पाईन्छ ।
भिडियो रिपोर्ट
अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका १ पणेना सिम्लेको उदाहरण हो यो । यहाँका सवैजसो घरधुरीले न्युनतम ५० हजारदेखी १५ लाख रुपैँयासम्म आम्दानी सुन्तला विक्रीबाट गर्ने गर्छन । जिल्लाको पणेनामा गएपछी प्रशस्त सुन्तला खान पाईन्छ, भन्ने अर्घाखाँची जिल्ला सहित छिमेकी जिल्लालाई पनी जानकारी रहेको छ ।
सिम्लेका हरिप्रसाद पौडेलको सुन्तला बगैँचा हेर्न लायक छ । लटरम्म फलेका सुन्तला पहेलपुर छन् । विदेशको अनुभव सगाँलेका पौडेलले २२ वर्षदेखि सुन्तला खेतीमै आवद्ध छन् । परम्परागत खेती भन्दा ६० प्रतिशत उत्पादनमा वृद्धि हुने भन्दै सुन्तला खेतीबाट सन्तुष्ट भएको बताउँनुभयो ।
१५ पाथी गौ–जौँ हुनेमा अहिले १० लाखको सुन्तला उत्पादन हुने युवा कृषक माधव पौडेलले बताउँनुभयो । गाउँभरिका कृषकहरु नै सुन्तला खेतीमा आवद्ध रहेका छन । यहाँ गतवर्ष भन्दा अहिले उत्पादन वृद्धि हुने कृषकहरु बताउँछन ।
पाणिनी गाउँपालिकको वडा नं. १, २, ३ र ४ वडामा सुन्तला पकेट कार्यक्रम सञ्चालन भएको । यहाँको सुन्तला प्रतिकेजी ८० रुपैँयामा विक्री हुने, सुन्तलाको स्वाद राम्रो र दाना राम्रा भएको गाउँपालिकाले जनाएको छ । यहाँ सुन्तला जात उत्पादनमा मात्रै ६ करोड निर्यात हुने गाउँपालिका अच्युत अध्यक्ष गौतमको भनाई रहेको छ ।
जिल्लामा यस वर्ष ३४ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लाका विभिन्न स्थानमा गरेर ५ हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका सूचना अधिकारी महेन्द्र ओझाले जानकारी दिनुभयो । अर्घाखाँचीमा कुल ४ सय ९४ हेक्टरमा सुन्तला खेती भइरहेको छ ।
अर्घाखाँची जिल्लको पाणिनी गाउँपालिका पणेना, पोखराथोक, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ्ग, खन लगाएतका ठाउँका कृषकको मुख्य स्रोत सुन्तला खेती हो । यहाँ उत्पादन भएको सुन्तला रुपन्देही, कपिलवस्तु, सन्धिखर्क, तम्घास लगाएतका ठाउँमा निर्हात हुदैँ आएको छ ।
सुन्तला खेतीको लागी हावापानी सुहाउँदो जिल्ला अर्घाखाँची हो । कृषकहरुलाई सुन्तला खेती गर्न, बजारमा विक्री गर्नका लागी उचीत व्यवस्थापन सरकारले मिलाउँने हो भने, यहाँका कृषकले सुन्तला खेतीबाट राम्रो आम्दानी गर्न सक्छन ।