सुमित्रा पौडेल
सन्धिखर्क, २६ माघ । शुशिल कोइराला सोशलिस्ट युथ सर्कल अर्घाखाँचीले प्रधानमन्त्री ओलिलाई पठायो संविधान पठाएको छ ।
नेपाली काँग्रेसका पुर्व केन्द्रीय सभापति तथा पुर्वप्रधानमन्त्री स्व. शुशिल कोइरालाको छैठौं स्मृति दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधान २०७२ पठाईएको छ ।
संविधानका पिता समेत भनेर चिनिनुभएका काँग्रेसका सभापति स्व. कोईरालाको स्मृति दिवसमा शुशिल कोइराला युथ सर्कल केन्द्रको निर्देशन बमोजिम संविधान पढ्नका लागी प्रधानमन्त्रीलाई पठाईएको अर्घाखाँचीका अध्यक्ष कृष्ण भुसालले बताउँनुभयो ।
स्व. कोईरालाले प्रधानमन्त्री भएको बेला जारी गरिएको नेपालको संविधानको मर्म र भावना बिपरित बर्तमान प्रधानमन्त्री ओलिले संसद विघटन गरेको, बैधानिक नियुक्तिहरु गर्दा संविधानको उल्लंघन गरेको भन्दै एक पटक संविधान राम्रो सँग अध्ययन गर्नुपर्ने भन्दै अर्घाखाँचीका निमित्त प्रमुख जिल्ला अधिकारी विक्रम थापा मार्फत पठाईएको छ ।
प्राप्त संविधान सम्बन्धीत निकायमा पठाउँने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका नि.प्रजिअ थापाले बताउँनुभयो ।