क्यान एशोसियसन अफ अर्घाखाँची शाखाको प्रथम वार्षिक साधारण सभा सम्पन्न

236

बाबुराम रसाईलि
सन्धिखर्क, २६ माघ । क्यान एशोसियसन अफ अर्घाखाँची शाखाको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यान महासंघ अर्घाखाँची शाखाका संयोजकत्व दिपक नेपालीको अध्यक्षता, क्यान महासंघ केन्द्रीय सदस्य तथा जिल्ला शाखा विस्तारका सह संयोजक सुदिप शर्माको प्रमुख आतित्थता, क्यान महासंघ केन्द्रीय सदस्य नारायण प्रसाद श्रेष्ठको विशिष्ट आतित्थता, र क्यान महासंघ अर्घाखाँची शाखाका पूर्व अध्यक्ष मनिस सिंह, फर युथ इमपावरमेन्ट कमिटी कोचेयर का प्रतिनिधि विशाल महतको विशेष आतिथ्यतामा सम्पन्न भएको छ ।

उक्त साधारण सभाबाट ९ सदस्यीय जिल्ला शाखा कार्य समिति गठन समेत गरिएको छ । कार्य समितिहरुका दिपक नेपाली अध्यक्ष, विनोद गैरे उपाध्यक्ष, प्रकाश भुसाल सचिव, दिपक अधिकारी सहसचिव, ऋषिकेश भट्टराई कोषाध्यक्ष र सदस्यहरुमा प्रकाश वि।क, बाबुराम रसाईली, विष्णु प्रसाद भुसाल, सावित्रा खनाल भुसाल गरी ९ सदस्यीय कार्य समिति क्यान महासंघ अर्घाखाँची शाखाले गठन गरेको छ ।

प्रमुख आतिथि शर्माले अव क्यान महासंघमा आईटि सम्बन्धी र कम्प्युटर क्षेत्रमा कम्तीमा २ वर्ष कार्य अनुभव भएको व्यक्तिहरुलाई पनि संस्थामा आवद्ध गरी जिल्लामा आईटी सम्बन्धी बलियो आधार संगै व्यक्तित्व विकासका साथै सबै मिलेर संस्थालाई बलियो बनाउन समेत सुझाव दिएका छन् उक्त कार्यक्रममा प्रकाश भुसालको स्वागत मन्तव्य र विनोद गैरेको संचालनमा सम्पन्न भएको छ।