अमर आधारभुत विद्यालय धातिवाङ्गको ४६ औँ वार्षिकोत्सव सम्पन्न

300

जिएस पौडेल
अर्घाखाँची, २८ माघ । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नम्बर ६, धातिवाङ्गमा रहेको अमर आधारभुत विद्यालयको ४६ औैँ वार्षिकोत्सब समारोह सम्पन्न भएको छ ।

वार्षिकोत्सब समारोहका प्रमुख अतिथि पाणिनि गाउँपालिका शिक्षा शाखाका प्रा.स। कृष्ण पोख्रेलले विद्यालयको उज्ज्वल भविष्यको कामना व्यक्त गर्नुभयो । उहाँले विद्यालय सुधारको लागि गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्वता जनाउनुभयो ।

कार्यक्रममा पाणिनि(६ धातिवाङ्गका वडा अध्यक्ष शुभबहादुर सारूले स्व। बुबा खिमबहादुर क्याप्टेनको सम्झनामा ५१ हजारको अक्षयकोषको स्थापना गर्नुभयो । चुनावमा बोलेका सबै कुरा पूरा गर्ने प्रतिबद्धता जनाउँदै वडाबाट हुने विकास निमार्णका क्रममा शिक्षा क्षेत्रलाई पनि प्राथमिकता दिने बताउँनुभयो ।

कार्यक्रममा वडा सदस्य खगिश्वर पौडेल, पत्रकार घनश्याम पौडेल, सुर्योदय आविका प्रअ घनश्याम पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेमलाल पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष दिनामणि पौडेल, विद्यालयका शिक्षक रविलाल पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिराम पौडेलको अध्यक्षता, विद्यालयका प्रअ हिमलाल पौडेलको सञ्चालन, शिक्षकको तर्फबाट मधु बुढाथोकीको स्वागत र विद्यार्थीको तर्फबाट गिता पाण्डेले स्वागत गर्नुभएको थियो ।

सोहि अवसरमा विद्यालयमा गतवर्षको परिक्षामा कक्षा र विद्यालय प्रथम, दृतिय, तृतियलाई पुरस्कार वितरण गरिएको थियो ।