नेशनल प्याथ ल्याव अघाखाँचीद्वारा निशुल्क स्वास्थ्य परिक्षण

134

हरिप्रसाद भुसाल
अर्घाखाँची, २८ माघ । नेशनल प्याथ ल्याव सन्धिखर्क अर्घाखाँचीले निशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरेको छ । ल्यावले यही फागुन १ गते सन्धिखर्क स्थित आफ्नै प्रयोगशालामा स्वास्थ्य शिविर सहितका कार्यक्रम आयोजना गरेको हो ।

ल्यावले आज भोली र पर्सि सहुलियत शुल्कमा विभिन्न परिक्षण सेवा दिने जानकारी गराएको हो । ल्यावका प्रमुख सागर पोखरेलले दिएको जानकारी अनुसार तिन दिन हालबोडी चेकअप २ हजारमा र थाईराइड परिक्षण ५ सयमा गरिने छ ।

गुणास्तरिय स्वास्थ्य सेवा दिन प्रतिवद्द रहेको बताउदै ल्यावले समयमै सेवा लिन जिल्लावासीहरुलाई अनुरोध गरेको छ ।