वडाअध्यक्ष सारुद्वरा बुबाको नाममा अमर आधारभुत विद्यालयमा ५१ हजारको अक्षयकोषको स्थापना

566

घनश्याम पौडेल
अर्घाखाँची, २८ माघ । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नम्बर ६, धातिवाङ्गमा रहेको अमर आधारभुत विद्यालयको ४६ औैँ वार्षिकोत्सब समारोह सम्पन्न भएको छ ।

सोही वार्षिकोत्सब समारोहमा पाणिनि-६ धातिवाङ्गका वडा अध्यक्ष शुभबहादुर सारूले स्व। बुबा खिमबहादुर क्याप्टेनको सम्झनामा ५१ हजारको अक्षयकोषको स्थापना गर्नुभएको छ ।

गरिब, जेहेन्दार विद्यार्थीहरुका लागी अध्ययन गर्नमा सहयोग हुने उद्देश्यले अक्षयकोषको स्थापना गरेको उहाँले बताउँनुभयो । चुनावमा बोलेका सबै कुरा पूरा गर्ने प्रतिबद्धता जनाउँदै वडाबाट हुने विकास निमार्णका क्रममा शिक्षा क्षेत्रलाई पनि प्राथमिकता दिने वडाअध्यक्ष सारुले बताउँनुभयो ।

अक्षयकोष स्थापना गर्नका लागी उहाँले नगद ५१ हजार रुपैँया विद्यालयका प्रअ हिमलाल पौडेललाई हस्तान्तरण गर्नुभएको हो ।