दुई वर्षमा हुने चुनावमा ओलीको जमानत जफत हुन्छ: खनाल

110

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले ५८ वर्ष लडेर ल्याएको गणतन्त्र र १० वर्ष लगाएर बनाएको संविधान प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटकमा समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा बोल्दै नेता खनालले भने,‘५८ वर्ष लडेर गणतन्त्र ल्यायौं, १० वर्ष लगाएर संविधान बनायौं तर प्रधानमन्त्री ओलीले एकैपटकमा सबै समाप्त पार्न खोजे ।’ उनले समाजवादी कृषि क्रान्ति कसरी गर्ने, समाजवादी उद्योगधन्दा कसरी सञ्चालन गर्ने र समाजवादी शिक्षा कसरी तयार गर्ने भनेर आफूहरु त्यसका लागि लागि परेको दावी गरे ।

पुष्पलालले जनवाद स्थापना गर्ने सपना देखेको बताउँदै उनले आजको यो उपस्थिति नै जनवाद रहेको धारणा राखे । यो नेकपाको दुई गुटको आन्दोलन मात्र नभएको बताउँदै खनालले प्रतिक्रान्ति विरुद्धको आन्दोलन रहेको दावी गरे । उनले भने, ‘पुस ५ गते भएको घटना एउटा प्रतिक्रान्त हो र त्यसको विरुद्धको आन्दोलन भैरहेको छ ।