दाहाल–नेपालको काठमाडौंमा तेस्रो शक्ति प्रदर्शन

134

काठमाडौँ । सातौं नम्बरमा बोल्ने पालो आएपछि मञ्चमा पुगेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले ‘प्रतिगमन मुर्दावाद’ लेखेको लुगा फुकालेर फालिदिइन् । मुखमा टाँसिएको कालो टेप निकाल्दै उनले भनिन्, ‘बोल्न पाइन्छ, हामीले ल्याएको शासन व्यवस्थामा बोल्न पाइन्छ, सर्वसत्तावादविरुद्ध बोल्न पाइन्छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेबापत नेकपा ओली समूहका नेता–कार्यकर्ताको आक्रमणमा परेकी झाँक्रीले बोल्न पाउने नागरिकको नैसर्गिक अधिकारको पक्षमा र सामाजिक सञ्जालमा लेखे, बोलेबापत नियमावली बनाएरै नागरिकको बोली बन्द गराउन उद्यत सरकारका विपक्षमा बोलेकी थिइन् ।

झाँक्रीजस्तै अरू महिला, आदिवासी जनजाति, थारू, मधेसी, दलित र मुस्लिम समुदायका नेताले मञ्चबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध अभिव्यक्ति दिँदा मञ्चमा बसिरहेका नेकपा दाहाल–नेपाल समूहका अध्यक्षहरू पुष्पकमल दाहाल र माधवकुमार नेपाल सहमतिको टाउको हल्लाइरहन्थे । अहिलेसम्म भएमध्येको ठूलो जनसहभागिताबीच नेताहरूको भाषण सुनेपछि पोडियममा उभिएका अध्यक्ष दाहालले सर्वोच्च अदालतदेखि अन्तर्राष्ट्रिय समुदायसम्मलाई सन्देश छाड्दै भने, ‘प्रतिनिधिसभा पुनःस्थापना नभए विद्रोहको आँधी र हुरी आउँछ ।’

‘अब अदालतलाई फैसला गर्न सजिलो हुन्छ होला’

प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित सभामा अध्यक्ष दाहालले न्यायाधीशहरूले ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा फैसला दिने विश्वास व्यक्त गरे । ‘मलाई लाग्छ, लाखौं जनताको यो उपस्थिति सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि आज राम्ररी देख्नुभएको छ,’ उनले भने, ‘मैले सुरुदेखि नै भन्दै आएको छु, संविधानको अक्षर, भावना र मर्मविपरीत नेपाली जनताको चाहना र आकांक्षाविपरीत केही काम गरियो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ, त्यो नेपाली जनतालाई सह्य हुनेछैन, नेपाली जनताको यो शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ ? प्रत्येकले विचार गर्न जरुरी छ ।’

दाहालले अहिले आफूहरू शान्तिपूर्ण राजनीतिमा रहेको उल्लेख गर्दै बुधबारको सभाको उपस्थितिले अदालतलाई फैसला गर्न सजिलो हुन सक्ने बताए । ‘आजको यो उपस्थितिले संविधान, लोकतन्त्र र गणतन्त्रको पक्षमा फैसला गर्न सम्मानित अदालतलाई सजिलो भएको छ भन्ने म ठान्छु । त्यसो भएन भने आँधी आउँछ, हुरी चल्छ, कसैले थाम्न सक्दैन,’ उनले भने, ‘हामीले हिजो एउटा सानो समूहले विद्रोह गर्दा देशमा के भयो रु तपार्इं लाखौं जनता हुनुहुन्छ, ग्रिन रिभोलुसन हुन्छ, नेपालमा शान्तिपूर्ण क्रान्ति हुन्छ ।’ उनले संवैधानिक निकायले ओलीले सनकका भरमा गरेको लोकतन्त्रविरोधी निर्णयको पक्षमा डराएर फैसला गर्ला भन्ने आफूले नपत्याएको बताए । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावमा जान गरेको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बहस जारी छ । महिना दिनभन्दा लामो समयदेखि चलिरहेको बहस छिटो टुंगो लगाउनुपर्ने स्वयं प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पनि भनाइ छ । सर्वोच्चबाट फैसला नआउँदा अलमल्लमा परेको राजनीतिले लय समात्न सकेको छैन ।

खुट्टा नकमाउन निर्वाचन आयोगलाई आग्रह

प्रधानमन्त्री ओलीले मंगलबार निर्वाचन आयोगमा पुगेर नेकपाको पहिलो अध्यक्ष आफू रहेको दाबी गर्दै निर्वाचन अवधिमा पार्टीको विवादमा आयोग छिर्न नहुने बताएका थिए । आयोगसम्बद्ध स्रोतहरूका अनुसार आयोगले पार्टीको नाम, झन्डा र चुनावचिह्न ओली पक्षलाई दिन सकिने अवस्था नआउँदा त्यसलाई ‘फ्रिज’ गरेर जान सकिने विकल्पमा पनि छलफल चलाइरहेको छ । यसो हुँदा प्रधानमन्त्रीले दर्ता भइसकेको एमाले र उदाउँदो सूर्य चिह्न लिएर चुनावमा जाने र अर्को पक्ष पार्टीविहीन हुने अवस्था आउन सक्छ । नेकपाको विवाद ओलीले अध्यादेश ल्याएपछि नियुक्त गरेका निर्वाचन आयुक्तले नै हेर्न थालेपछि दाहाल–नेपाल नेतृत्वको नेकपा सशंकित छन् । दाहालले त्यही आशंकाका अभिव्यक्ति सभामा राखे, ‘ओलीको ठगीधन्दाको पछि लागेर खुट्टा नकमाऊ, निर्वाचन आयोग ।’

राज्यका संवैधानिक निकायहरूप्रति आक्रोशित देखिएका अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले आयोगलाई धम्की दिएको बताए । ‘मैले आज मात्रै सुनें, निर्वाचन आयोगमा हिजो गएर खबरदार तिमीहरू।।। यो विवादको ३० दिन कट्यो भनेछन् । यस्तो काइते कुरा गर्ने केपीले आयोगलाई धम्क्याएछन्,’ दाहाल केहीबेर अकमकिए, ‘निर्वाचन आयोग फेरि।।। आयोगका कोही कोही मान्छे

कांग्रेस र जसपासँग संयुक्त आन्दोलनको प्रस्ताव

गत पुस ७ गते कांग्रेस पार्टी कार्यालय सानेपा बसेको सर्वदलीय बैठकमा ओलीको कदमविरुद्ध संयुक्त आन्दोलन गर्नेबारे छलफल सुरु भएको थियो । कांग्रेसले रुचि नदेखाएपछि अहिलेसम्म संयुक्त आन्दोलन हुनेरनहुने ठेगान छैन । पछिल्लो समय आन्दोलन कि चुनाव भन्नेमा जनता समाजवादी पार्टीको एउटा पंक्ति पनि अलमलमा देखिन्छ । दुई पार्टीको यही अलमल चिर्ने प्रयत्नस्वरूप दाहालले सभाबाट उनीहरूलाई आन्दोलनको संयुक्त मोर्चाबन्दीका लागि आह्वान गरेका छन् । ‘लोकतान्त्रिक आन्दोलनको छवि बनाएको कांग्रेस र संघीय लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनको छवि बनाएको जसपा कुनै भ्रममा पर्न आवश्यक छैन, शान्ति सम्झौतामा हस्ताक्षर सात दलको तर्फबाट गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो । यो संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्ने कामको नेतृत्व पनि प्रधानमन्त्रीका रूपमा गिरिजा कोइरालाले गर्नुभएको हो । नेपाली कांग्रेसका सबै नेता–कार्यकर्ताले सम्झिनुभएको होला नि यो कुरा,’ उनले भने, ‘यही संविधान प्रधानमन्त्रीलाई विशेष अधिकार दिनुहुन्न भनेर बनाउँदा प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो । तपाईंहरूले चलाखीका साथ भन्नुभएको थियो संविधानका पिता भनेर, अहिले गिरिजाबाबु पनि हुनुहुन्न, सुशील कोइराला पनि हुनुहुन्न । अहिले शेरबहादुर ९देउवा० जी हुनुहुन्छ । अहिले घात हुँदाखेरि त्यो लोकतान्त्रिक पार्टीले संयुक्त आन्दोलन गर्ने र लोकतन्त्र खतरामा छैन भनेर पुष्टि गर्ने यो अवसर हो, गुम्न नदिनुस्, हामी हातेमालो गर्न तयार छौं ।’

अन्तर्राष्ट्रिय समुदायसँग अपिल

कात्तिकमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँग प्रधानमन्त्री ओलीको रात्रिकालीन भेट भएपछि ओली र भारतको संस्थापन पक्षबीच केही न केही समझदारी बनेको र त्यही समझदारीका आधारमा प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदममा भारतले साथ दिएको विश्लेषण नेपाल–भारत सम्बन्धका जानकारहरू गर्छन् । उनीहरूका अनुसार त्यसअघि पनि तीनचोटिसम्म प्रतिनिधिसभा विघटनको प्रयास गरेर रोकिएका ओलीले पुस ५ मा आफ्नै समूहका नेताहरूको आग्रहका बाबजुद उक्त कदम चाल्नुमा भारतसँग सुधारिँदो सम्बन्ध पनि एक हो । यिनै पृष्ठभूमिका आधारमा हुनुपर्छ, दाहालले बारम्बार आफूहरूका पक्षमा बोलिदिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिरहेका छन्, जुन उनले बुधबारको सभामा पनि दोहोर्‍याए । ‘संसारले सबैभन्दा ठूलो लोकतन्त्रको अभ्यास गरिरहेको भनेको छिमेकीबाट।।। नेपालमा लोकतन्त्रको हत्या भइरहेको छ, लोकतन्त्रको हत्या भएका बेला हामी संसारभरिका लोकतान्त्रिक मूल्यमान्यतालाई समर्थन गर्नेहरूबाट समर्थन, सहयोग र सद्भाव चाहन्छौं,’ दाहालले भने, ‘दायाँबायाँ हुनेछैन भन्ने भरोसामा छौं हामी ।’

सुरक्षा निकायलाई संयमित हुन आग्रह

दाहालले सुरक्षा निकायलाई पनि भ्रममा नपर्न आग्रह गरेका छन् । उनले जनता नै राष्ट्र भएको उल्लेख गर्दै प्रधानमन्त्रीभन्दा जनताप्रति जवाफदेही हुन सुरक्षा निकायलाई अनुरोध गरे । ‘सुरक्षा निकायहरू भ्रममा पर्न जरुरी छैन । राष्ट्र भनेको जनताको चेतना हो । कोही व्यक्ति प्रधानमन्त्रीमा बस्नेबित्तिकै राष्ट्र हुने होइन,’ उनले भने । उनले ओलीतिर गएकाहरूसमेत आफैंतिर फर्किन थालेको र यही सरकारका दुई मन्त्रीले समेत फर्किनका लागि आफूसँग वार्ता गरिरहेको बताए । उनीहरूलाई तुरुन्तै राजीनामा दिन र पश्चातापमा विज्ञप्ति निकाल्न दाहालको सुझाव थियो ।

ओलीको चुनाव चिह्न बयलगाडा: नेपाल

नेकपा दाहाल–नेपालका अर्का अध्यक्ष माधवकुमार नेपालले ओली कहिल्यै माले, एमालेको अध्यक्ष बन्न नसकेको बताए । उनले पार्टीको चुनाव चिह्न सूर्य आफूहरूसितै रहेको बताउँदै ओलीसित ‘बयलगाडा’ चिह्नमात्रै रहेको उल्लेख गरे । ओलीले मदन भण्डारीको नाम जप्न छाडेर पशुपतिनाथको नाम जप्न थालेको टिप्पणी नेपालले गरे । ‘केपी ओलीजी, तपाईं मदन भण्डारीको नाम जप्ने गर्नुहुन्थ्यो । अब त्यो नाम पनि बिर्सिसक्नुभएको छ । अहिले पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएको छ,’ उनले भने, ‘तर पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ रु जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्छ । पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन् । अधर्मीलाई पशुपतिनाथले माया गर्दैनन् । केपी ओलीलाई चेतना भया ।’ नेपालले ओली कहिल्यै कम्युनिस्ट पार्टीको अध्यक्ष बन्न नसक्ने उल्लेख गर्दै हदै भए ओली गुट या बालकोटको अध्यक्ष बन्न सक्ने बताए । ‘कसैले देओस् नदेओस् आफैंले ताज पहिरिएर ओलीजी राजा भएका छन्,’ उनले भने, ‘अध्यक्ष बन्ने रहर छ भने केपी ओली फाउन्डेसनको अध्यक्ष भए हुन्छ, यो मेरो सुझाव हो ।’

वरिष्ठ नेता झलनाथ खनालले दुई वर्षपछि हुने चुनावमा ओलीको पार्टीको जमानतसमेत गुम्ने ठोकुवा गरे । कुन पार्टी आधिकारिक हो भनेर निर्वाचन आयोगमा सकस परेको भन्ने सुनेको उल्लेख गर्दै उनले जनताले आफूहरूलाई आधिकारिकताको प्रमाणपत्र दिएको बताए । ‘यो उपस्थितिले हामीलाई नेकपाको आधिकारिकताको प्रमाणपत्र दिइसकेको छ,’ उनले भने, ‘मिस्टर केपी ओली तपाईंको खुट्टी देख्दै पत्याइयो, अब दुई वर्षपछि हुने चुनावमा तपाईंको दुई तिहाइ हैन, जमानत जफत हुन्छ ।’ खनालले अहिले आफूहरू प्रधानमन्त्री फेर्नका लागि मात्रै मैदानमा नआएको स्पष्ट पारे । ‘ओली राजनीतिक र सैद्धान्तिक रूपले पराजित भइसके । पशुपतिनाथमा गएर संकल्प पूजा गर्ने अवस्थामा पुगिसके । मार्क्सवादमाथि विश्वास छैन, भविष्यमाथि विश्वास छैन । ओलीलाई अब पशुपतिनाथको मूर्तिमाथि विश्वास छ,’ उनले भने । कान्तिपुरमा समाचार प्रकाशित छ ।