अर्घाखाँचीका प्रजिअ पौडेलद्वारा सिटिईभिटीई अन्र्तगत पाणिनी प्राविधिकको परिक्षा अनुगमन

175

घनश्याम पौडेल
अर्घाखाँची, २९ माघ । अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले पाणिनी गाउँपालिकाको वडा नं. ७ स्थित जनसेवा माविमा सञ्चालन भएको परिक्षाको अनुगमन गर्नुभएको छ ।

पाणिनी प्राविधिक शिक्षालय पाणिनी चिवेकमा रहेको शिक्षालय अन्तर्गत फरेस्टी प्रथम वर्षको परिक्षाको अनुगमन गर्नुभएको हो । परिक्षा शान्तपुर्ण रुपमा सम्पन्न गर्नका लागी प्रजिअ पौडेलले निर्देशन पनि दिनुभएको छ ।

परिक्षा अनुगमनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक माधव बुढाथोकी, शसस्त्र प्रहरी वल अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक रामकृष्ण महर्जन, प्रमुख अनुसन्धान अधिकृत विनयक चर्तुवेदी लगाएले परिक्षाको अनुगमन गर्नुभएको हो ।