काठमाडौं । राज्य विप्लवको अभियोगमा पक्राउ गरिएकी नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री केहीबेरअघि रिहा भएकी छन् ।
उनलाई आज दिउँसो १ बजे संखमुलस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । उनको पक्राउको दाहाल नेपाल समूहसहित विभिन्न पार्टीले व्यापक विरोध गरेको थियो ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताए ।