देवघाट , माघ३०

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समुहले २०७७ माघ २७ गरे आयोजना गरेको कार्यक्रममा रघुजी नामका कथित नेताबाट कथित अभिव्यक्त दुराशयपुर्ण भनाइ प्रती नेपाल सन्त समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।

आज नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती र महासचिव डा.गुरुप्रसाद सुवेदीद्वारा हस्ताक्षरित विज्ञपति जारी गर्दै
नेपालका राष्ट्रदेव पशुपतिनाथ प्रती अनास्था जगाउने र सम्पूर्ण नेपालीहरुका आस्थामा चोट पुर्याउने किसिमको सो अभिव्यक्तिको घोर भत्सर्ना गरिएको छ । सार्वजनिक रूपमा यस्ता किसिमका आपत्तिजनक अभिव्यक्ति प्रकट गर्ने जोसुकै व्यक्ति वा राजनीतिक दलको भ्रमजालमा नफस्न सम्पुर्ण धर्मप्रेमी राष्ट्रप्रेमी जनसमुदायमा अनुरोध गरिएको छ। वर्तमान नेपालको संविधानमा आकस्मिक रुपमा घुसाइएको यो धर्मनिरपेक्षता यहाँको परम्परागत मान्यतालाई समाप्त गर्ने र सांस्कृतिक रुपमा नेपाललाई पराधिन बनाउने नियतका साथ घुसाइएको थियो भन्ने कुरा फेरि आज स्पष्ट भएको नेपाल सन्त समाजका महासचिव डा. गुरुप्रसाद सुवेदिले बताउनुभयो ।

यही संविधानमा पनि धर्मनिरपेक्षताको परिभाषाको क्रममा बहुधार्मिक उल्लेख भएको र उक्त संविधानको भाग १ को ४ मा धर्मनिरपेक्षताको परिभाषा गर्दा सनातनदेखि चलीआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता भनिएको छ । तर अहिलेको परिघटनाले हिन्दुत्वको आस्थामाथी कुठाराघात भएको र संविधानको धारामा सबैले आआफ्नो धर्म मान्न पाउने तर कसैले पनि अरुको आस्थामाथी चोट पुर्याउन नपाउने भनिएकोमा उक्त अभिव्यक्तिले हिन्दुधर्मावलम्बीहरुको धार्मिक आस्थामा खलल पुर्याउने किसिमको सार्वजनिक अभिव्यक्ति दिएको हुँदा नेकपा नेता पन्तलाई कानुनी कठघरामा ल्याई दण्डित गर्न र आगामी दिनमा कही कतैबाट यस्ता दुराशयपुर्ण अभिव्यक्ति हुन नदिन समेत सम्बद्ध निकाय समक्ष जोडदार माग गरिएको समाजका उपाध्यक्ष स्वामी रामानन्द गिरिले बताउनुभयो।

यस्ता अभिव्यक्तिबाट व्यक्तिको धार्मिक आस्थामाथी चोट पुर्याउँदा सामाजिक धार्मिक सहिष्णुतामा खलल पुग्ने हुँदा यस किसिमका अभिव्यक्ति नगर्न नगराउनुहुन अनुरोध गरिएको छ। अन्यथा यश किसिमका अभिव्यक्तबाट हुने जुनसुकै किसिमको दुष्परिणामको जिम्मेवारी पनि सम्बद्ध व्यक्ति राजनीतिक दल वा प्रशासनिक निकायले लिनुपर्न सम्बद्ध सबैलाई सबैलाई सचेत हुन आग्रह गरिएको नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानान्द सरस्वतीले बताउनुभयो ।